काठमाण्डौ । ‘कबड्डी ४’ की नायिकालाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् ।
नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामालाई तीन हजार रुपैयाँ धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
बौद्ध भिक्षुसमेत रहेका मुगुका लामाविरुद्ध अभिनेत्री मगरले सुन्धाराको सिभिल मलको कफी शपमा आफूमाथि दुर्व्यवहार गरेको प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपछि लामालाई पक्राउ गरी जनसेवा प्रहरी वृत्तमा राखिएको थियो ।
लामालाई पक्राउ गरिएको विरोधमा आज काठमाण्डौ चाबहिलमा प्रदर्शनसमेत भएको थियो ।