सङ्खुवासभा । सङ्खुवासभामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मादी नगरपालिका–६ पुलुङ बस्ने २१ वर्षीय गयामणि राईलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।