‘तीतो सत्य’का राजले गरे बिहे

न्युजलय ७ असार २०७९, मङ्गलबार ०१:५८ मा प्रकाशित

काठमाडौं । टेलिभिजन सिरिज ‘तीतो सत्य’ का कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईंले मंगलबार(आज) लगनगाँठो कसेका छन् ।

रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरुले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको छ ।

बुधबार कलाकार र अन्यका लागि रिसेप्सनको आयोजना गरिएको छ । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।