विराटनगर । पाँच दलीय गठबन्धनको तर्फबाट प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईसहित ६ जना मन्त्री हुने पक्का पक्की भएको छ ।
काङ्ग्रेसबाट २ माओवादी केन्द्रबाट १ र जसपाबाट एकसहित मुख्यमन्त्रीले शपथग्रहण गर्ने बताइएको छ ।
काँग्रेस संसदीय दलका नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना, काङ्ग्रेसकै सांसद केदार कार्की आन्तरिक मामिला तथा कानुन, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादव सामाजिक विकास, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री हुँदैछन् ।