विराटनगर विमानस्थल बिहीबार साँझसम्मका लागि बन्द

न्युजलय ४ कार्तिक २०७८, बिहिबार ०२:१४ मा प्रकाशित

काठमाडौं । बाढी पसेर उडान प्रभावित बनेपछि विराटनगर विमानस्थल बिहीबार साँझसम्मका लागि बन्द गरिएको छ । धावनमार्गभरी पानी भरिएपछि बुधबारदेखि उडान अवरुद्ध छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा प्रदायकहरुलाई विमानस्थल बन्द रहने समय जानकारी गराएको छ । 

विमानस्थलमा बाढी पस्दा सोही विमानस्थलमा रोकिएका दुई जहाज समेत विराटनगरमै अड्किएका छन् । बुद्ध एयरको एक जहाज र श्री एयरलाइन्सको एक जहाज विराटनगरमा रोकिएका छन् । ती जहाज समेत अब बिहीबार साँझ ५ बजेसम्म रोकिने भएका छन् । पानी निकाल्न समय लाग्यो भने अझ थप समय विमानस्थल अवरुद्ध हुने बताइएको छ ।