विराटनगर मालपोतको सेवा बन्द

न्युजलय २ माघ २०७८, आइतबार ०४:४७ मा प्रकाशित

विराटनगर । एकै पटक ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोल कार्यालय विराटनगरको सेवा बन्द भएको छ । ६ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको र अन्य कर्मचारीहरूमा समेत मिल्दोजुल्दो लक्षण देखिएपछि कार्यालयले सेवा बन्द गरेको हो ।

आइतबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आन्तरिक कामकाजबाहेक सेवाग्राहीलाई दिइने सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।