काठमाडौं । आइतबार(आज) सेयर बजारको परिसूचक नेप्से ७.२९ अंक घटेको छ ।
आइतबारको कारोबारपछि नेप्से १८५१ विन्दुमा कायम भएको छ । कुल ९६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भयो । यसअघि बिहीबार १ अर्ब ३२ करोडको कारोबार भएको थियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने १० को स्थिर रह्यो ।
माइक्रोफाइनान्स समूह जम्मा २ अंक बढ्यो भने अरु सबै समूहहरु घटेका छन् । बैंकिङ ५, विकास बैंक १६, फाइनान्स ९, होटल तथा पर्यटन २७, जलविद्युत् ९, जीवन बीमा २५, उत्पादन ११, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह १३ अंक घटे ।