काठमाण्डौ । एकै पटक दुई रियालिटी सोको घोषणा भएको छ। ‘मेरो भ्वाइस कप अमेरिका युएसए–२’ र ‘मेरो डान्स कप युएसए–४’ को घोषणा गरिएको हो।
अमेरिका र क्यानडामा रहेको नेपाली भाषीहरुलाई लक्षित दुबै रियालिटी सोलाई इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको हो।
यो दुबै रियालिटी सो फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिए। ‘मेरो भ्वाइस कप अमेरिका युएसए–२’ को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन्।
यस्तै, ‘मेरो डान्स कप युएसए ४’ कोे निर्णायकमा भने अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, अभिनेत्री केकी अधिकारी र नरमान राई छन्।
अध्यक्ष अधिकारीले मेरो भ्वाइस कप २ को उद्घाटन नोभेम्बर २७ तारिखमा बेलडाँगीमा गर्ने बताए। यो फाउन्डेसनले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउँदै आएको छ।
कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवर्धन गर्दैै अमेरिका तथा क्यानडामा रहेका नेपाली भाषीमा भाषा संस्कृतिप्रति जागरुक बनाउनु पनि रियालिटी सोको उद्देश्य रहेको बताए।