काठमाडौँ। शुक्रबार सुनचाँदीको भाउ बढेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा पाँच हजार तीन सय र चाँदीको एक सय ९० रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।