बालिका बलात्कार अभियोगमा तिब्बती नागरिक पक्राउ

न्युजलय १४ साउन २०८१, सोमबार १२:४५ मा प्रकाशित

काठमाडौं । ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजना तिब्बती नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ मंहाकाल बस्दै आएका तिब्बत घर बताउने ४८ वर्षीय रिञ्चो निमालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

रिञ्चोले ती बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।