चट्याङ लागेर १ जनाको मृत्यु, ४ को अवस्था गभ्भीर

न्युजलय १९ भदौ २०८०, मङ्गलबार ०१:१४ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–९ मा हावाहुरीसहित आएको चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । 

गोखुङ्गाको लादेकापोखरामा चट्याङ लागेर गभ्भीर घाइते भएका २० वर्षिय मिलन खनालको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

४ जना गम्भीर घाइते हुनेमा लिलबहादुर पुन, चन्द्रबहादुर पुन, दामोदर खनाल र जेमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । घाइतेमध्ये केहीको सन्धिखर्ककमा उपचार भइरहेको र केहीलाई बुटवल रिफर गरिएको छ ।