३ दिने कार्यक्रमका लागि झापा पुगे ओली

न्युजलय ७ कार्तिक २०७८, आइतबार ०७:०८ मा प्रकाशित

 झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । 

उनी ३ दिन प्रदेश–१ मा आयोजित विभिन्न कार्यक्रममा सरिक हुने बताइएको छ । उनलाई पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङ र प्रदेश १ का नेताहरूले विमानस्थलमा स्वागत गरेका छन् । 

ओलीले आजै बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

भोलि गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ ।