काठमाडौं । बिहिबार(आज) सेयर बजार १५.४६ अंकले बढेर २११९ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा वृद्धि हुँदा ११ वटा उपसूचकमा हरियाली छाएको छ । यसदिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ९ लाख ४ हजार रुपैया बराबरको कारोबार भएको छ ।