नेप्से सूचक दोहोरो अंकले घट्यो

न्युजलय १९ मङ्सिर २०८०, मङ्गलबार ०९:१७ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । 

आज नेप्से सूचक १०।१० अंकले घट्दै १८ सय ३७.७१ अंकमा ओर्लिएको हो । सेन्सेटिभ इन्डेक्स समेत आज २.१४ अंकले घट्दै ३५१.०७ अंकमा झरेको छ । तथापि, यता कारोबारमा भने केहीँ सुधार हुँदै आज १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ । 

आज जीवन बीमा समूह बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २।५७ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक क्रमशः १।७१ प्रतिशत र १।११ प्रतिशतले घटेका छन् । जीवन बीमा समूहको उपसूचक भने आज ०।१६ प्रतिशतले मात्र बढेको छ ।