नेप्से १०.७१ अंकले घट्यो

न्युजलय २८ चैत २०८०, बुधबार ०९:५१ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक बुधबार १०.७१ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से घटेर २०२२.२८ विन्दुमा बन्द भएको हो।

तीन अर्ब ४८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। कारोबारमा आएका कुल कम्पनीमध्ये ६३ को सेयर मूल्य बढेको छ। १७६ कम्पनीको सेयर मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य स्थिर छ।