भारतमा ४.४ म्याग्निच्युडको भूकम्प

न्युजलय २६ असार २०८२, बिहिबार ०५:४५ मा प्रकाशित

काठमाडौं । बिहीबार बिहान भारतको दिल्ली–एनसीआरमा भूकम्पको झट्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले भूकम्पको तीव्रता ४.४ रिक्टर स्केल रहेको जनाएको छ। दिल्ली–एनसीआरमा करिब ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो।

भूकम्पबाट अहिलेसम्म कुनै क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ।