२०७८ साल मङ्सिर १३ गते सोमबार

घट्यो सुनको मूल्य

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार ११:३१ मा प्रकाशित

काठमाडौं । बिहिबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ तोकेको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।