काठमाडौं। एसीसी यू–१६ इस्ट जोन कपको अहिले भइरहेको फाइनलमा नेपालले मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन जोड्यो । नरेन भट्टले अविजित एक सय १२ रन बनाए।
तेस्रो नम्बरमा ब्याटिङमा आएका नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग एक सय ४ रनको साझेदारी गरेका थिए। उनले ८९ बलमा २ छक्का र १० चौका प्रहार गरेका छन्।
नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात गरेको थियो।