पाकिस्तानको कश्मीरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

न्युजलय २७ असार २०८१, बिहिबार ०६:०३ मा प्रकाशित


काठमाडौँ । पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको पाकिस्तान नियन्त्रित कश्मीरमा बुधवार भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।


दुर्घटना नीलम जिल्लामा भएको थियो । जहाँ यात्रु भ्यान खोलामा खसेको हो । पहाडी क्षेत्रमा तिब्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।


यात्रुहरुको शव निकालेर नजिकैकोac अस्पतालमा लगिएको छ ।