काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एक हजार सात सय ७३ जनाको नमूना परीक्षण गर्दा जम्मा एक सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ९८ हजार आठ जना पुगेको छ । यस्तै थप आठ सय ४५ जनासहित संक्रमणमुक्त हुनेको संख्या सात लाख ८० हजार सात सय ७६ जना पुगेको छ ।
२४ घण्टामा थप एकजनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार दुई सय ७८ जना पुगेको छ ।