काठमाडौं । नेपाल प्रेसका मधेश प्रदेश समाचारदाता सन्तोष यादवमाथि सिरहाको औराहीमा धारिलो हतियार प्रहार भएको छ । स्थानीय एक व्यक्तिले उनीमाथि धारिलो हतियारले प्रहार गरेका हुन् ।
गाउँको एक विद्यालयमा भएको विवादलाई लिएर यादवले फेसबुकमा स्टाटस लेखेका थिए । त्यसमा आपत्ति जनाएर स्थानीय नवल यादवले पूर्वगाविस अध्यक्ष रहेका सन्तोषका पिताको चरित्रहत्या गर्नेगरी स्टाटस लेखे ।
यस विषयमा विवाद हुँदा उनीमाथि नवलका भतिजाले आक्रमण गरेका हुन् । प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।