बढ्यो सुनको भाउ

न्युजलय ३१ असार २०८३, बुधबार ११:३३ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको छ ।

मंगलबार २ लाख ८४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ४ हजार ३ सय ६० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएकोमा बुधबार प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ पुगेको हो ।