२०७८ साल मङ्सिर १३ गते सोमबार

मदनकृष्ण र इन्दिराको गीत ‘ह्याप्पी हार्ट’ सार्वजनिक ( भिडियोसहित)

न्युजलय २८ कार्तिक २०७८, अाईतबार ०१:४२ मा प्रकाशित

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वर रहेको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । 

गीतमा यमन श्रेष्ठले संगीत दिएका छन् । गीतको म्युजिक भिडियो समेत बनेको छ । सरना श्रेष्ठको निर्देशनमा रहेको भिडियो मदनकृष्ण र इन्दिराको अभिनय देख्न सकिन्छ ।

निर्देशक सरना आफैं पनि भिडियोमा देखिएकी छन् ।  हरि हुमागाईको छायाँकन, राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाले सम्पादन गरेका हुन् ।