शेयर बजार दोहोरो अङ्कले घट्यो

न्युजलय ३१ फाल्गुण २०८०, बिहिबार ०९:३३ मा प्रकाशित

  काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८४ अङ्कले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दोहोरो अङ्कले बजार ओरालो लागेको दिन स्वाभिमान लघुवित्त कम्पनीको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन वीन नेपाल लघुवित्त र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड १४ लाख कित्ता शेयर तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।