नेप्से परिसूचक ४१ अङ्कले घट्यो

न्युजलय २१ साउन २०८२, मङ्गलबार ०४:५४ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्स (नेप्से) परिसूचक ४१ दशमलव ७८ अङ्कले घटेर दुई हजार ८३३ दशमलव ५७ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ४५ प्रतिशतको गिरावट हो।

आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता शेयर एक करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ बराबरको कारोबार भएको छ।

लघुवित्त समूह शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव १७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।