भारी वर्षाले घर भत्किँदा चार जनाको मृत्यु

न्युजलय १९ बैशाख २०८२, शुक्रबार १२:१२ मा प्रकाशित

काठमाडौँ ।  शुक्रबार बिहान दिल्ली एनसीआरमा भारी वर्षा भएको छ । आँधी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको छ । 

समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षाका कारण दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएको थियो भने १०० भन्दा बढी उडानहरू ढिलाइ भएका छन् ।