२५ अंकले बढ्यो नेप्से

न्युजलय ६ कार्तिक २०८१, मङ्गलबार ०३:१९ मा प्रकाशित

काठमाडौं ।  मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से २५.८८ अंकले बढेको छ । नेप्से ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा पुगेको हो । 

आज ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच भएको छ ।

आज १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

३१४ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । ५३ हजार ६७८ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।