काठमाडौं । गाजामा खाना वितरण भइरहेको स्थलमा इजरायल सेनाले आक्रमण गर्दा कम्तिमा २४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । घटनामा दर्जनौं घाईते भएका छन् ।
स्थानीय स्वास्थ्य अधिकारीहरूले मानवीय सहायता वितरण कार्य चलिरहेको बेला मंगलबार फेरि हिंसाका घटना देखिएको बताएका समाचार संस्था रोयटर्सले लेखेको छ ।
इजरायलले राफाहस्थित राहत वितरण केन्द्र नजिकै तोकिएको क्षेत्रभन्दा बाहिर गएका र इजरायलको सीमातर्फ अघि बढ्नेहरुविरुद्ध आफ्ना सेनाले गोली चलाउनु परेको भन्दै आक्रमणको बचाउ गरेको छ । उत्तरी गाजा पट्टीमा इजरायली सेनाले विद्रोही हमासका लडाकुहरूविरुद्ध महिनौँदेखि चलिरहेको आक्रमणलाई निरन्तरता दिँदै आएको छ ।