अक्षयकोष बनाउन प्रेस चौतारीको देउसी

न्युजलय २० कार्तिक २०७८, शनिवार ०२:२७ मा प्रकाशित

बराहक्षेत्र । अक्षयकोष निर्माणका लागि प्रेस चौतारी नेपाल बराहक्षेत्र नगर कार्यसमितिले देउसी भैलो कार्यक्रम गरेको छ । पत्रकारलाई विभिन्न समस्या पर्दा खर्च गर्ने गरी अक्षयकोष बनाउन लागिएको हो ।

तिहारको अवसरमा संस्कृति जगेर्नाका साथै कोष निर्माणका लागि देउसी भैलो खेलिएको अध्यक्ष बिमला घिमिरेले बताइन् । 

देउसी भैलो कार्यक्रमको पहिलो चरणमा ५० हजार २ सय ९० रुपैयाँ संकलन गरिएको छ । देउसी भैलोमा चौतारी आबद्ध दर्जन बढी सञ्चारकर्मी सहभागी भएको जिल्ला सदस्य तथा वराहक्षेत्र इञ्चार्ज विजयकुमार राईले बताए ।