भारतसँग नेपालले टस हार्‍यो, पहिले ब्याटिङ गर्ने

न्युजलय १८ भदौ २०८०, सोमबार ०८:४९ मा प्रकाशित

  काठमाण्डौ । एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । खेल अहिले सवा ३ बजे शुरु हुँदैछ ।

आजको खेलको बिजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भने भारतले सुपर फोरमा स्थान बनाउँने छ ।

नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् ।