बढ्यो नेप्से

न्युजलय ५ मङ्सिर २०८१, बुधबार ०९:१६ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार रकममा एकै दिन तीन अर्ब ३८ करोडले कमी आएको हो । आज सात अर्ब नौ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन १४३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।