ब्राजिलमा भएको आईएसएफ यू–१५ जिम्न्यासाइडमा नेपाललाई एक स्वर्ण र दुई कास्य

न्युजलय १० भदौ २०८०, आइतबार ०६:५५ मा प्रकाशित

काठमाडौं । ब्राजिलमा भएको आईएसएफ यू–१५ जिम्न्यासाइड २०२३ मा नेपालले १ स्वर्ण सहित ३ पदक जितेको छ ।

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को आयोजनामा भएको प्रतियोगितामा नेपालले तेक्वान्दोबाट १ स्वर्ण र बक्सिङबाट २ कांस्य गरी कुल ३ पदक जितेको हो ।

पौडी खेलाडीहरु श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसकेपछि नेपालको आईएसएफ यू–१५ जिम्न्यासाइडमा नेपालको यात्रा सकिएको छ ।

४४ देशका २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरेकोमा नेपालबाट पाँच खेलका १९ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समग्रमा आयोजक राष्ट्र ब्राजिल पहिलो र चीन दोस्रो भयो ।