काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ।
६ हजार २१४ जनाको कोभिड १९ परीक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, ८०४ जना संक्रमण मुक्त हुँदा कूल सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ पुगेको छ।
संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। यससँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ।