काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन खुला भएको छ । सोमबारदेखि सर्वसाधारणले रिलायन्सको आईपीओमा आवेदन दिन पाउने भएका हुन् ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको १ लाख १५ हजार ५९६ कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ । बुक बिल्डिङबाट जारी भएको रिलायन्सको आईपीओको अन्तिम चरणमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आईपीओमा प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । अर्थात् प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ५० कित्ताको ४१ हजार ४० रुपैयाँ हुन आउँछ । तसर्थ, यो आईपीओ भर्नका लागि लगानीकर्तासँग ४१ हजार ४० रुपैयाँ हुनुपर्नेछ ।
उक्त आईपीओमा आवेदन दिने अन्तिम मिति पुस ११ गतेसम्म रहेको छ ।
यो आईपीओ ५०–५० कित्ताका दरले १८ हजार ४ सय ९५ जनालाई पर्नेछ ।