काठमाडौँ । बुधबार(आज) सेयर बजारको परिसूचक नेप्से २३२० अंकमा झरेको छ ।
दिनभर कुल १ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा परिसूचक ३६.७ अंकले घटेको हो । कुल ९ कम्पनीको मूल्य बढ्यो भने १८३ को घट्यो, ३ को स्थिर रहृयो । सबै उपसमूहका सूचक घटेका छन् ।
बैंकिङ ११, ब्यापार १५, होटल तथा पर्यटन ६८, विकास बैंक १०६, जलविद्युत ५५, फाइनान्स ६६, निर्जीबन बीमा १६९, उत्पादन ८२, अन्य ५५, लघुवित्त ७३ र जीवन बीमा २४६ अंकले घटे । जल्पा लघुवित्त र ग्रीन भेन्चरको मूल्य करिब १० प्रतिशतले बढ्यो ।