मेसीलाई कोरोना संक्रमण

न्युजलय १९ पुस २०७८, सोमबार ०१:०९ मा प्रकाशित

काठमाण्डौ । फ्रेञ्च क्लब पीएसजीका फरवार्ड लिओनल मेसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। 

पछिल्लोपटक गरिएको परीक्षणमा मेसीसहित पीएसजीका चार खेलाडीलाई संक्रमण पुष्टि भएको हो । अर्जेन्टाइन फरवार्ड मेसीसहित डिफेन्डरहरू जुवान बर्नट, नाथान बिटुमाजाला र गोलकिपर सर्जियो रिकोलाई कोरोना भएको हो ।

फ्रेञ्च कपअन्तर्गत चौथो श्रेणीको क्लब भानेसविरूद्धको खेलअघि खेलाडीहरूलाई कोरोना भएको हो । कोरोना पुष्टि भएका खेलाडी आइसोलेसनमा बसेको क्लबले जनाएको छ।