जेन–जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्‍यो

न्युजलय २६ भदौ २०८२, बिहिबार ०८:३८ मा प्रकाशित

काठमाडौं। जेन जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन्। हालसम्म ९४९ जना डिस्चार्ज भइसकेको छन्।