काठमाडौँ । सरकारले हरेक क्षेत्रमा भएको अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सबै तहको संयन्त्र परिचालन गरि एकै पटक एकै समयमा मूल्यवृद्धि नियन्त्रणका लागि एकीकृत अनुगमन गरिने जानकारी दिएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई बहाना बनाएर अस्वभाविक मूल्यवृद्धि गर्नेमाथि अंशुक लगाउदै जनतालाई राहत दिनका लागि एकीकृत अनुगमनको योजना बनाइएको उनले बताए । मन्त्री बडुले खाद्यान्न, औषधि र अत्यावश्यक सेवाको मूल्यमा गरिएको मूल्य वृद्धिमाथि हस्तक्षेप गर्नुपर्ने र यसमा नियामक निकायसँगको पनि सहकार्य आवश्यक देखिएकाले जिल्ला अनुगमन अधिकारी, प्रहरीका साथै सबै पालीकाका प्रतिनिधिसहितको संयुक्त टोलीले अनुगमन गर्ने जानकारी दिए।
उनले उपभोक्ताले थाहा पाउने गरि अनुगमनको जानकारी सात सात दिनमा सार्वजनिक गरिने बताए ।