काठमाडौँ । एसिया कप २०२३ को उपाधिका लागि आइतबार(आज ) भारत र श्रीलंका भिड्दैछन्।
श्रीलंकाको घरेलु मैदान कोलोम्बोमा हुने खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। भारतको कप्तानी रोहित शर्माले गर्दा श्रीलंकाको कमानी भने दासुन शानकाले गर्ने छन्।
श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै सातौं पटक एसिया कपको उपाधि जित्न चाहान्छ। घरेलु मैदानमा स्पिन आक्रमणमा मजबुद श्रीलंका भारतलाई रोक्ने रणनितिमा हुनेछ।
पछिल्लो पटक भारतले सन् २०१८ मा र श्रीलंकाले २०२२ मा एक दिवसीय एसिया कपको उपाधि जितेका थिए।