बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

न्युजलय १२ भदौ २०८०, मङ्गलबार ०१:४० मा प्रकाशित

दमौली । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् ।

पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।