नाबालिग बलात्कार अभियोगमा एमाले नेता साह पक्राउ

न्युजलय २५ मङ्सिर २०८२, बुधबार ०१:०४ मा प्रकाशित

धनुषा ।  एमाले नेता शिवशंकर साहलाई नाबालिग बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ मंगलबार राति धनुषा ल्याइएको हो।

प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाउनासाथ साह भारततर्फ फरार भएका थिए। फरारपछि प्रहरीले निगरानी बढाउँदै भारतीय काउन्टरपार्टसँग समन्वय गरी सीतामढीबाट उनलाई नियन्त्रणमा लिएको हो ।

साह गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयरका उम्मेदवार थिए। एमालेको आसन्न ११औँ महाधिवेशनका लागि उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि छनोट भएका थिए।