ज्यान गुमाएका परिवारलाई प्रदेश १ ले एक लाख दिने

न्युजलय ४ कार्तिक २०७८, बिहिबार ०३:०३ मा प्रकाशित

विराटनगर । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले  प्रतिव्यक्ति एक लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो ।

यस्तै, मुख्यमन्त्री आचार्यले विराटनगरको हवाई सेवा सुचारु गर्न, दुहवीमा विजुलीको स्टेशनमा भएको समस्या तत्काल समाधान गर्न, बाढीपहिरोमा फसेकालाई उद्धार, सहयोग गर्न तथा प्रदेशभरी भएको क्षतिको विवरण संकलन गर्न माताहतका विभागहरूलाई निर्देशनसमेत दिएका छन्।

मुख्यमन्त्री सचिवालयका अनुसार  बुधबार साँझसम्मको अपडेटमा प्रदेश १ मा ३८ जनाको ज्यान गएको छ । भने अविरल वर्षाका कारण आएको बाढीले ४९ हजार ९४४ हेक्टर जमिनमा लगाएको धान बालीमा क्षति पुगेको छ ।