नेप्से १६.५५ अंकले बढ्यो

न्युजलय १५ जेठ २०८२, बुधबार ०९:१६ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बुधबार नेप्से १६.५५ अंकले बढेर २६९२.१८ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार ङादी ग्रुप पावर कम्पनीको मात्रै १ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।