मुस्कान खातुनलाई इन्टरनेशनल वुमेन अफ करेज’ पुरस्कार प्रदान

न्युजलय ३ कार्तिक २०७८, बुधबार ०८:३६ मा प्रकाशित

काठमाण्डौ । मुस्कान खातुनलाई इन्टरनेशनल वुमेन अफ करेज पुरस्कार प्रदान गरिएको छ ।

बुधबार(आज) नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी, फस्र्ट लेडी आरजु राणा देउवासहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा मुस्कानलाई उक्त पुरस्कार प्रदान गरिएको हो। 

यो कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालगायतको उपस्थिति थियो।