एजेन्सी । भारत–अष्ट्रेलिया विश्वकपको फाइनल खेलका क्रममा ‘फ्रि प्यालेस्टाइन’ टि सर्ट लगाएका र झण्डा बोकेका एक दर्शक मैदान प्रवेश गरेका छन् ।
भारतीय क्रिकेटर विराट कोहलीले ब्याटिङ गरिरहँदा उनी मैदानभित्र दौडदै विराटको नजिक पुगेका हुन् ।
पछि सुरक्षाकर्मीले उक्त व्यक्तिलाई समातेर फिर्ता लगेका थिए ।
फाइनल खेलमा अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । खेल अहिले जारी छ ।