घट्यो सुनको मूल्य

न्युजलय १५ पुस २०७८, बिहिबार १२:३२ मा प्रकाशित

काठमाडौं । बिहिबार(आज) सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ ।

आज सुन ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। गत दुई दिनदेखि सुनको मूल्यमा गिरावट देखिएको छ। 

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार भने चाँदी प्रति तोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।