काठमाडौं । करिब १ वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ । बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ ।
कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो । अघिल्लो दिनको तुलनामा नेप्से २९.२१ अंक बढेको हो ।
आज कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन कुल ५ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोड पुग्यो ।
१५४ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन पनि जीवन बीमा र बैंकिङ समूह सबैभन्दा धेरै बढे ।