२०७८ पौष १२ गते सोमबारको राशिफल

न्युजलय १२ पुस २०७८, सोमबार १२:१२ मा प्रकाशित

मेष । आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रु पराजित पनि हुनेछन् ।

 

वृष । आज लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । शेयर बजारमासमेत सफलता मिल्नेछ ।

 

मिथुन । आज विद्या र बुद्धिको विकास हुनेछ । कुनै प्रसङ्गले मनमा शान्ति छाउला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । यात्रामा रूचि पनि बढ्नेछ ।

 

कर्कट । आज महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक र न्यायिक कार्यमा पनि सफलता मिल्नेछ ।

 

सिंह । नयाँ काम वा रोजगार पाइनेछ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

 

कन्या । आज कार्यक्षेत्रमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । पुँजी बजारले पनि साथ दिनेछ ।

 

तुला । अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

 

वृश्चिक । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । दिन भ्रमणमा पनि बित्ने छ ।

 

धनु । आज घरमा अतिथिको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । घरजग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।

 

मकर । आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

 

कुम्भ । मनमा शङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।

 

मीन । आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजसेवामा मन लाग्नेछ । कुनै कुराले मनमा प्रसन्न रहनेछ । लाभदायक यात्राको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।