एनपीएलः काठमाण्डु गोर्खाजको जित

न्युजलय १३ मङ्सिर २०८२, शुक्रबार ०९:१४ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।

काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रनमा समेटियो । चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१(२१ रन बनाए । शोहिल तन्विरले १८ रन बनाउदा अन्य ब्याटर दोहोरो अङ्‍कमा रन बनाउन सकेनन् ।

बलिङमा काठमाण्डुका रसिद खानले सर्वाधिक ३ विकेट लिए । कप्तान करण केसी, शाहव आलम र मिलिन्द कुमारले २–२ तथा सन्तोष यादवले एक विकेट लिए ।

काठमाण्डुले एनपीएलमा तेस्रो जित निकालेको छ । चितवनले भने तेस्रो हार बेहोरेको छ ।