विश्वकप छनोटः यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

न्युजलय १७ असार २०८०, आइतबार ०७:१२ मा प्रकाशित

 काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि हुन लागेको प्ले अफ सेमिफाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

जिम्बावेको हरारेमा हुने यो खेलमा जित हात पार्ने टोलीले सातौँ स्थानका लागि फाइनल खेल्ने छ । यसअघि विश्वकप छनोटमा नेपाल, आयरल्यान्ड, अमेरिका र यूएई सुपर सिक्स पुग्न असफल भएका थिए ।

नेपालले समूहमा वेस्ट इन्डिज, नेदरल्यान्ड्स र जिम्बावेसँग हार ब्यहोरेकको थियो भने अमेरिकालाई हराएको थियो । यस्तै यूएईले भने सबै चार खेलमा पराजय ब्यहोरेको थियो ।

यूएईविरुद्ध भएका पछिल्ला चार खेलमा नेपाल लगातार विजयी भइरहेको छ ।